Section 26
उपसमिति गठन गर्न सक्ने
(१) यस ऐनमा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी स्पष्ट उल्लेख गरिएकोमा बाहेक सञ्चालक समितिले कुनै खास प्रयोजनको लागि राष्ट्र बैंकको निर्देशनको अधीनमा रही एक वा एकभन्दा बढी उपसमिति गठन गर्न सक्नेछ । तर सञ्चालक समितिको अध्यक्ष उपसमितिमा रहन पाउने छैन । (२) उपदफा (१) बमोजिम गठन भएको उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यविधि र बैठकमा भाग लिए बापत सदस्यले पाउने पारिश्रमिक वा भत्ता सञ्चालक समितिले तोके बमोजिम हुनेछ र त्यस्तो उपसमितिबाट भएको कार्य र खर्च वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।